हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना, हात खाली नजाने उपहार घोषणा

काठमाडौं, १३ असोज । हिम इलेकट्रोनिक्सले दशैं र तिहारको अवसरमा हिमस्टार होम अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने उपहार पाउने छन् । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

हिम इलेक्ट्रोनिक्सले ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ । कम्पनी गोल्छा अर्गनाइजेशनको एक भगिनी संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here