सीटीसी मलमा दशैं अफर, गल्फ खेल्दा मोबाईल फ्रि साथमा नि:शुल्क मोबाइल बीमा

काठमाडौं, १३ असोज । सीटीसी मोबाइल हब सुन्धाराले दशैंको अवसरमा अफर सहितको मोबाइल मेला सञ्चालन गरिरहेको छ ।

अघिल्लो आइतबारबाट सुरु भएको मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै ‘बाई वान गेट वान फ्रि’ अफर मेलाको आकर्षण रहेको छ ।

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए ।

मेलामा आउने ग्राहकका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ ।

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ ।


हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्रमार्फत एक जनाले स्मार्टफोन जित्न सक्नेछन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार पाउनेछन् ।

असोज ५ गते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कारमा यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ ।

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लापटप रहेको छ । मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here