पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

काठमाडौं । पेरिस ओलम्पिकमा जापानले पदक तालिकामा अग्रता लिएको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार जापानले ४ स्वर्ण, २ रजत र १ काष्य पदक जितेको छ । उसको कुल ७ पदक भएको छ । समान स्वर्ण जितेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । उसको ६ पदक भएको छ ।

सबैभन्दा धेरै पदक अमेरिकाले जितेको छ । उसको खातामा १२ पदक बनेको छ । तर, ३ मात्र स्वर्ण रहेका कारण पदक तालिकाको तेस्रो स्थानमा छ । अमेरिकाले ६ रजत र ३ काष्य जितेको छ । आयोजक फ्रान्स, दक्षिण कोरिया र चीनले समेत समान तीन–तीन स्वर्ण जितेका छन् । अहिलेसम्म २२ देशले पदक जितेका छन् । भारतको नाममा एक काष्य आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here