१९ देशमा राजदूत सिफारिस, भारतमा शर्मा निरन्तर

काठमाडौं । सरकारले विभिन्न १९ देशमा नयाँ राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । सरकारले भारतमा शंकर शर्मालाई निरन्तरता दिएको छ ।

अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्णप्रसाद ओली र बेलायतमा चन्द्रप्रसाद घिमिरे नियुक्त भएका छन् । जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बहाम्फे, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रिता धिताल र अस्ट्रेलियामा कान्ता रिजाल नियुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here