केरलाको वायनाडमा पहिरोबाट ४१ जनाको मृत्यु, ४०० भन्दा बढी बेपत्ता

काठमाडौं । भारतको केरला राज्यको वायनाडमा पहिरो परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका समाचार भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

वायनाडमा भारी बर्षाका काराण सोमबार राति नै ४ ठाउँमा पहिरो खसेको हो। पहिरोबाट ४ वटा गाउँ डुबानमा परेका छन् भने सो क्षेत्रका घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । हालसम्म ७० जना अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा सक्रिय छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here