त्रिविले ल्यायो २६ अर्ब १६ करोडको बजेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले मंगलबार शैक्षिक सत्र २०८१\८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।

सभामा त्रिवि रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले सो बराबरको बजेट पास गरेको हो। सभाले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेको हो ।

त्रिविले नियमित कार्यक्रमतर्फ आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख खर्च हुने बताइएको छ। त्यस्तै विकास कार्यक्रममा १ अर्ब खर्च हुने जानकारी दिएको छ ।

सभाले नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने बताएको छ। बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here