३५ दशमलव ५५ अंकले बढ्दा २७०० अंक नजिक पुग्यो नेप्से

काठमाडौं । आज नेप्से ३५ दशमलव ५५ अंकले बढ्दै २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिन २० दशमलव ६३ अंक घटेको बजार आज बढेर २६९६ अंकमा पुगेको हो ।

सेयर बजारमा आज १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यस्तै फाइनान्स ५ दशमलव ९८, हाइड्रोपावर ३ दशमलव १२, लगानी ३ दशमलव १५, जीवन बीमा ० दशमलव ५८, उत्पादन ० दशमलव ३५, माइक्रोफाइनान्स ० दशमलव ९८, अन्य ३दशमलव ५ र विकास बैंक सूचक २ दशमलव ४० प्रतिशतले बढेको छ । यता बैंकिङ ० दशमलव ७६, व्यापार ० दशमलव ५७ र निर्जीवन बीमा ० दशमलव३६ प्रतिशत घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here