उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?

काठमाडौं । रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो । यो प्रक्रिया आगामी तीन दिन रहनेछ । अहिले बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जाएको छ ।

गतराति ठूलो पानी परेपछि काठमाण्डौसहित विभिन्न ठाउँका नदी खोलाहरुमा बाढी आएको छ । बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा बाढी आएको हो । नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ ।

रुपन्देहीको तिनाउ, नवलपरासी र चितवनको नारायणी र सिन्धुपाल्चोकको कोशीमा अहिले नदीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here