केरला पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुग्यो, भारी बर्षाको चेतावनी

काठमाडौं । भारतको दक्षिणी राज्यमा विगत केही दिनदेखिको लगातारको वर्षाका कारण दुई गाउँमा गएको पहिरोमा परी कम्तीमा १४८ जनाको मृत्यु भएको छ। पहिरोबाट १२८ जना घाइते केरला भएको सरकारले जानकारी दिएको।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले बुधबारका लागि केरलाका केही स्थानमा भारीदेखि अति भारी वर्षाु हुने पूर्वानुमान गरेको छ। अगष्ट १ का लागि पनि भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरिएको छ।

आईएमडीले भनेको छ, जुलाई ३१ मा केरलामा ३० देखि ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र गतिमा हावा चल्ने सम्भावना छ। मंगलबारको दुई ठूला पहिरोले मेप्पाडी पंचायतको वेल्लारीमाला गाउँअन्तर्गत मुन्दक्काई र चूरामला क्षेत्र बगाएको थियो। पहिरो क्रमशः बिहान २ बजे र ४ः१० बजे खसेको थियो।

विपत्तिका कारण बुधबार सबै शैक्षिक संस्थाहरू बन्द रहनेछन्। साथै ११ जिल्लाहरू कासरगोड, कन्नूर, कोझिकोड, वायनाड, मलप्पुरम, पलक्कड, त्रिशूर, इडुक्की, एर्नाकुलम, अलप्पुझा र पथनमथिट्टामा बिदा घोषणा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here