काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो।
आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय ८० रुपैयाँ पुगेको छ ।