अब च्याटजिपीटीसँग कुराकानी गर्न अझै सहज, आवाजबाटै प्रयोगकर्ताको ‘मुड’ थाहा पाउने

काठमाडौं। ओपनएआईले यस वर्षको सुरुमा च्याटजीपीटीको सबैभन्दा उन्नत संस्करणको लागि अद्यावधिक गरिएको भ्वाइस मोडले प्रयोगकर्ताहरूलाई चकित पार्यो ।

एलेक्सा वा सिरी जस्ता डिजिटल सहायकहरूसँग सम्बद्ध गर्न आएका रोबोटिक आवाजबाट अभ्यस्त प्रयोगकतालाई च्याटजिपीटीको नयाँ संस्करणले परिक्षणको क्रममै अचम्मित बनाएको हो । च्याटजीपीटी उन्नत आवाज मोड उल्लेखनीय रूपमा जीवन्त देखिन्छ। यसले वास्तविक समयमा प्रतिक्रिया दिनुका साथै प्रयोगकर्ताले मजाक गरेको अवस्थामा विभिन्न प्रकारका जिस्काउने आवाजहरू बनाउन सक्छ । त्यसैगरी यसले आवाजको टोनको आधारमा प्रयोगकर्ताको भावनात्मक अवस्थाको बारेमा समेत थाहा पाउन सक्छ ।

च्याटबोटको सबैभन्दा शक्तिशाली भर्सन च्याटजीपीटी–४ओ सँग काम गर्ने एडभान्स भ्वाइस मोड मंगलबारदेखि पेड प्रयोगकर्ताका लागि रोलआउट भएको छ । एड्भान्स्ड भ्वाइस मोड एपको ुप्लसु मोडमा सब्सक्राइबर्सको सानो समूहमा रोलआउट गरिने छ । यसको उद्देश्य शरद ऋतुमा सबै प्लस प्रयोगकर्ताहरूलाई उपलब्ध गराउनु हो।

च्याटजीपीटीमा पहिले नै कम परिष्कृत भ्वाइस मोड छ। तर अधिक उन्नत भ्वाइस मोडको रोलआउटले ओपनएआईको लागि एक प्रमुख टर्निङ प्वाइन्टलाई जनाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here