काठमाडौं । त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न भारतपछी अब चीनसँग पनि सहयोग माग्ने भएको छ ।
गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । बस खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेको जानकारी उनले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।
असार २८ गते मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए भने