१८ देशमा नयाँ राजदूत सिफारिस,यस्तो छ नामावली

काठमाडौं । सरकारले भारत, चीन, बेलायत अमेरिकालगायत विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यससँगै चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

यी हुन् १८ देशमा सिफारिसमा परेका नयाँ राजदूतहरु

*डा. शंकरप्रसाद शर्मा – भारत
*प्रा. डा.कृष्णप्रसाद ओली – चीन
*कान्ता रिजाल –अष्ट्रेलिया
*नरेशबिक्रम ढकाल –साउदी अरेबिया
*रमेशचन्द्र पौडेल – कतार
*रीता धिताल – पाकिस्तान
*नेत्रप्रसाद तिमल्सिना – मलेसिया
*प्रा.डा.कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
*धनप्रसाद पण्डित – इजरायल
*रामकृष्ण भट्टराई – श्रीलंका
*सनिल नेपाल – स्पेन
*डा. शैल रुपाखेती – जर्मनी
*लोकदर्शन रेग्मी – अमेरिका
*चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
* डा शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
*जंगबहादुर चौहान – रुस
* सुम्निमा तुलाधर – डेनमार्क
*प्रकाशमणि पोखरेल – पोर्चुगल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here