एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ का शिवराज ओझा छन् ।

मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेसमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here