पेट्रोलीयम पदार्थको भाउ घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं। नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ र डिजेल प्रतिलिटर २ रुपैयाँले घटाएको हो । यता हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको बताएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा पनि घटेको हो । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । त्यस्तै झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ । यो नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भईसकेको निगमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here