एक वर्षमा देशभर बने २०२ पक्की पुल, तस्वीर कथा

काठमाडौं । देशभर एक वर्षको अवधिमा २०२ वटा पक्की पुल बनेका छन् । सडक विभागले यस्तो जानकारी गराएको छ । विभागका अनुसार आव २०८०\८१ मा १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो । तर, २ सय भन्दा धेरै पुल निर्माण सम्पन्न भएसँगै भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ ।

विभागले एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । आर्थिक वर्ष २०८०\८१ मा कालोपत्रे स्तरको नयाँ सडक बिस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो ।

विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा ग्रावेल स्तरको सडक ३२८ किलोमिटर बिस्तार भएको छ । यस आवमा ४ सय किलोमिटर ग्रावेल बिस्तारको लक्ष्य थियो । लक्ष्यको ८२ प्रतिशत ग्रावेल सडक बिस्तार भएको विभागले जनाएको छ ।

माटे सडक भने विभागले १६७ किलोमिटर बिस्तार गरेको जानकारी गराएको छ । विभागका अनुसार यो भने लक्ष्यको १११ प्रतिशत हो । यस आवमा माटे सडक १५० किलोमिटर बिस्तारको लक्ष्य थियो । आवधिक मर्मत भने २६१ किलोमिटरमा भएको छ । यो लक्ष्यको १०४ प्रतिशत हो ।

यस आवमा विभागले २५० किलोमिटर मर्मतको लक्ष्य थियो । सडक विभागलाई यस आवमा ९८ अर्ब १७ करोड विनियोजन भएको थियो । जसमा ९५ अर्ब ९३ करोड पूँजीगत विनियोजन थियो ।

उता, संशोधित बजेट भने १ खर्ब नाघेको थियो । संशोधित बजेट १ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो । खर्च भने ७४ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको देखिन्छ । यो कुल विनियोजनको ६९.५२ प्रतिशत रहेको विभागले जनाएको छ । विभागले पूँजीगततर्फ ६९.१७ प्रतिशत र चालुतर्फ ८५.४० प्रतिशत खर्च गरेको देखिएको छ ।

तस्वीर सौजन्य : सडक डिभिजन कार्यालय भरतपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here