यूएई दूर्घटनामा गुम्यो ६ नेपालीको ज्यान

दुबई, १३ असोज । यूनाइटेड अरव इमिरेट्स यूएइ)मा भएको सवारी दूर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार दुबईमा भएको बस दुर्घटनामा ६ नेपाली कामदारको ज्यान गएको हो ।

यूइइस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद छन् ।

उनीहरुको नेपालको ठेगाना पहिचान गर्ने काम जारी रहेको र आवश्यक समन्वय समेत भइरहेको दूतावासले जनाएको छ ।

फर्स्ट सेक्युरेटी कम्पनीमा कार्यरत सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

दूर्घटनामा नेपालीसहित ८ जनाको निधन भएको हो । नेपालीबाहेक एक पाकिस्तानी र भारतीय नागरिकको समेत ज्यान गएको छ ।

दूर्घटनामा परी ५ भारतीय र एक बंगलादेशी घाइते छन् । दुबईमा सडक दूर्घटनाको दर अत्यधिक रहेको छ ।

खासगरी तिब्र गतिका कारण यस्तो दूर्घटना हुने गर्छ ।

दुबईमा कार्यरत एक मजदुरले क्लाउड पत्रिकासँग भने, ‘यहाँ हरेक दिन जसो यस्तो दूर्घटना भइरहन्छ, तर सामाजिक संजाल तथा समाचारमा आउँदैन । किनकी सरकारले यस्ता फोटो र समाचार पोष्ट गर्न निकै कडाइ गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here