अब पेन्सन बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । अब पेन्सन बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । हालै निवृत्तभरण व्यवस्थापन कार्यालयले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई तीन चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न पत्राचार गरेको छ ।

जसअन्तर्गत पहिलो चरणमा १ साउनदेखि २८ जिल्लामा पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, र कञ्चनपुर छन् ।

त्यसैगरी दोस्रो चरणमा आगामी माघ १ देखि लागू हुने बताइएको छ । ती जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, नवलपरासी पूर्व र पश्चिम, स्यांजा, गुल्मी, पाल्पा, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व र पश्चिम, रोल्पा, प्युठान, सल्यान, जाजरकोट, दैलेख, जुम्ला, अछाम, डोटी, डडेलधुरा, र बैतडीमा लागू हुनेछ ।

तेस्रो चरण अन्तर्गत १ साउन २०८२ देखि सोलुखुम्बु, रसुवा, मनाङ, कालीकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, बाजुरा, र दार्चुलामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ।

पेन्सन प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा बुझाई अद्यावधिक गर्नुपर्ने उल्लेख छ। परिचयपत्र अद्यावधिक नभएमा निवृत्तभरण रोक्का हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here