अर्थमन्त्रीको निर्देशन : बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्न आ–आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिए । उनले राष्ट्रिय महत्व, राष्ट्रिय गौरव र प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयले आव २०८१–८२ बजेट कार्यान्वयन कार्ययोजना तयार पारेको छ । अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १७५ वटा माइलस्टोन निर्धारण गरेको थियो । जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् ।

२८ वटाको काम सुरु हुन सकेन । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाय र विभाग प्रमुखहरूले प्रगतिको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here