तल्लो अरुणमा ५ करोड लगानी गर्न सतलजलाई भारत सरकारको अनुमति

काठमाडौं । भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको छ। भारतले सतलज जलविद्युत निगम ९एसजेभीएन० कम्पनीलाई अनुमति दिएको हो ।

भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको हो ।

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना नेपालको संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माण हुने छ। आयोजनाको निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो यसका चार युनिट हुने र प्रत्येक युनिटको क्षमता १६७।२५ मेगावाट हुनेछ ।

तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ ।

२०७७ माघ १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतको सतलजलाई दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here