गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

काठमाडौं । धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । पहिरोसँगै रुख ढलेर माइक्रो माथि लागेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here