हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार पुगेको हो ।

यो हालसम्मकै उच्च मूल्य हो। यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here