बैंकहरुले प्रकाशित गरे वार्षिक वित्तीय विवरण, कसको नाफा कति ?

काठमाडौं । गत आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाकै घटेको छ । यद्यपि सञ्चालनमा रहेका २० बैंकहरुको औसतमा नाफा करिब १३ प्रतिशतले बढेको छ ।

बैंकहरुले सोमबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको नाफा करिब १३.४० प्रतिशतले बढेको देखिन्छ ।

गत आर्थिक वर्षमा नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले खुद नाफा बढेको छ । तर, माछापच्छ्रे, सिटिजन्स्, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्याण्र्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ। ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर, बैंकहरुको नाफा औसतमा साढे १३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंकहरुको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँ छ। जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैया रहेको थियो ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ । सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापच्छ्रे, देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ। सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापच्छ्रे देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here