हसिनाको सत्ता ढलेसँगै संयमित हुँदै प्रदर्शनकारी, छुट्न थाले राजनीतिक बन्दी

Getty Images

काठमाडौं । बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि आन्दोलन मथ्थर भएको छ ।

सेनाप्रमुखले अन्तरिम सरकार गठन घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन्। राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्। बंगलादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए। हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ।

यसअघि हसिनाको अवामी लीग र विपक्षी बंगलादेश नेशनल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ।
बंगलादेशमा कैयौँ पटक सैन्य कू भएको थियो।

सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो। पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here