आफु मरेर यात्रुलाई बचाएका चालकलाई सरकारले सम्मान गर्ने

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सत्रकिलोमा माथिबाट खसेको ढुंगाा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले सम्मन गर्ने भएको छ । उनले ढुंगाले लागेपछी बस पछाडी लगेर यात्रुहरुलाई बचाएका थिए ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको हो । बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनले चलाएको बसमा भएका करिब ३० जना यात्रु भने सकुशल रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here