काभा भलिबलको फाइनलमा भारत र नेपाल भिड्दै, प्रधानमन्त्री हेर्न जाने

काठमाडौं । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्ने भएका छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पाँच बजे शुरु हुने भएको छ । फाइनलमा नेपालको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत कर्भड हल पुग्ने भएका छन् ।

मंगलबार भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको हो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङ्काबीच खेल हुनेछ । पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here