दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद

काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

‘हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नं.७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here