पर्यटमन्त्रीका एक साताका सबै कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले एक साताका लागि पूर्वनिर्धारत सबै कार्यक्रम स्थगित गरेका छन् । बुधबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्काल उद्धार गर्न नसकेको मात्र होइन, दुई साताको बीचमा दुई ठूला हवाई दुर्घटना भएसँगै सरकार र प्राधिकरणको आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा मन्त्री पाण्डले सबै कार्यक्रम स्गित गरी अब हवाई दुर्घटना न्यूनीकरणमा सबै संयन्त्र प्रयोग गर्ने बताएका छन् । प्राधिकरणले प्राविधिक कारणले दुर्घटना एकिन गन समय लागेको भन्दै मन्त्री पाण्ढेलाई जानकारी गराएको थियो । १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्ने समेत बताएको छ । तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल समेत सरकारले थालेको मन्त्रालयले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here