दशरथ रंगशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।

विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य घोषित गरेको छ । यसले नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएको थिएन् । एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुुरु गरेको थियो ।

त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो । यस बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ । दशरथ रङ्गशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here