ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना,६१ जनाको मृत्यु

काठमाडौं। ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको छ। दुर्घटनाबाट विमानमा सवार ५७ यात्रु र चालक दलका चार सदस्य सबैको मृत्यु भएको छ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले पुष्टी गरेको बीबीसीले जनाएको छ। विमान आवासीय क्षेत्रमा खसेपनि कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here