बंगलादेश आन्दोलनपछि प्रभावित पूर्वी नाका सहज

काठमाडौं । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्ध नाका पुनः सञ्चालनमा आएको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

उनले भने, बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।’

कार्यालयका अनुसार गत आव २०८०–८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here