युट्युबकी पूर्व सीईओ सुसान वोज्स्कीको निधन

काठमाडौं । युट्युबकी पूर्व प्रमुख कार्यकारी (सीईओ)सुसान वोज्स्कीको आज निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वोज्स्कीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

वोज्स्की प्रविधि क्षेत्रकै सफल र चर्चित महिला हुन् । युट्युबलाई विश्वको सबैभन्दा ठूलो भिडिओ शेयरिङ प्लेटफर्म बनाउन उनको महत्वपूर्ण भूमिका छ । उनले सन् २०१४ देखि सन् २०२३ सम्म युट्युबको नेतृत्व गरेकी थिइन् । उनको नेतृत्वमा युट्युबले विज्ञापनमार्फत हुने आम्दानीमा उल्लेख्य वृद्धि गरेको थियो भने युट्युब क्रियेटरहरूका लागि थप अवसरहरू सिर्जना गरेको थियो ।

उनी सन् १९९९ मा गुगलमा जोडिएकी थिइन् । त्यसबेला गुगल ९अल्फाबेट०ले युट्युबलाई अधिग्रहण गरेको थिएन । गुगलले २००६ मा मात्र युट्युबलाई अधिग्रहण गरेको थियो ।

युट्युबको सीईओ बन्नुअघि उनी गुगलको एड प्रोडक्टमा सिनियर भाइस प्रेसिडेन्टको भूमिकामा थिइन् । युट्युबमा नौ वर्षसम्म सीईओ रहेर सेवा गरेपछि परिवार, स्वास्थ्य र व्यक्तिगत जीवनलाई प्राथमिकता दिँदै उनले सन् २०२३ मा उक्त भूमिका छाडेकी थिइन् ।

वोज्स्कीको योगदानलाई सम्झँदै विभिन्न व्यक्ति तथा संस्थाहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here