आँखुखोलाको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेकोले असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

यस कम्पनीले १ः१।५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

लगानीकर्ताले भदौ १६ गतेसम्म सो सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here