जनरल इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस

काठमाडौं, १४ असोज । जनरल इन्स्योरेन्स कम्पनीले शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति शेयर रु १०० अंकित दरको ३०,००,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँट गर्ने बताएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको अधिकृत पूँजी रु.२ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ ।

कम्पनीले २०७४ असार ६ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसारमा रहेको छ ।

कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु गरी ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरिरहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here