एटिएम रित्तो हुँदा सर्वसाधारणलाई नगद अभाव

काठमाडौं । बंगलादेशमा एटीएमहरूमा नगदको अभाव भएपछी सर्वसाधारण मर्कामा परेका छन्। अधिकांश खुला एटिएम (अटोमेटेड टेलर मेशिन) बुथमा नगद नभएको र धेरै बैंकहरुले बुथहरु बन्द राखेका कारण लुटपाटको डरले मानिसहरुले नगद संकटको सामना गरिरहेका छन् ।

प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गर्नुका साथै खुल्ला भएकामा पनि नगद छैन । गत अगष्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि शेख हसिनाले देश छोडेपछि राज्यका घर, कार्यालय र पसलमा लुटपाट सुरु भएको थियो ।

प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ ।

त्यस्तै एटीएम बुथसम्म नगद पु¥याउने सुरक्षाकर्मी काममा नफर्केकोले समस्या आएको अन्तरराष्टिय समाचार एजेन्सिहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here