चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं। सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।

निलम्बित शर्माले यी चार निकायहरुका कारण आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनेको भन्दै निवेदन दिएको हो ।

विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई विगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैंया तिराउन आदेश गरेकोमाछ । विगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here