सेयर बजारले फेरी बनायो नयाँ रेकर्ड

काठमाडौं । सोमबार फेरी सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आज २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेर सेयरले नयाँ रेकर्ड बनाएको हो । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

सोमबार नेप्से परिसूचक ७० दशमलव८१ अंकले बढेर २९३१ पुगेर बन्द भएको हो । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।

आज कारोबारमा आएका कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रहेको छ ।

साृमबार बैंकिङ २ दशमलव ९५, विकास बैंक ३, फाइनान्स ४ दशमलव८१, होटल तथा पर्यटन २ दशमलव ९४ प्रतिशतले बढेको छ। त्यसैगरी हाइड्रोपावर ३ दशमलव ४३, जीवन बीमा ५ दशमलव८५, माइक्रोफाइनान्स १ दशमलव ०८, निर्जीवन बीमा २ दशमलव ९७, प्रतिशत बढेका छन् । यता लगानी र उत्पादन समूह सूचक क्रमशः ० दशमलव १९र १ दशमलव १९ प्रतिशत घटेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here