हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, एकैदिन २१ सय रुपैयाँको बृद्धि

फाइलफोटो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १७ सय ४० रुपैयाँ पुगेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here