ओरालो लाग्यो सेयर बजार, २१ अर्ब ५१ करोडमा झर्यो कारोबार

काठमाडौं । आज नेप्से परिसुचक ८ दशमलव १८ अंकले नेप्से घटेर २९२३ अंकमा कायम भएको छ। मंगलबार सेयर बजारमा २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका ८० कम्पनीको मूल्य बढ्दा १५७ को घटेको छ । त्यस्तैै ६ कम्पनीको स्थिर रहेको छ ।

आज बैंकिङ समुह ० दशमलव ४५, फाइनान्स १ दशमलव ५७, जीवन बीमा ० दशमलव ५४ तथा व्यापार समूह ० दशमलव०६ प्रतिशत बढेको छ । विकास बैंक १ दशमलव ३६, होटल तथा पर्यटन २ दशमलव २५, उत्पादन १ दशमलव ४०, माइक्रोफाइनान्स १ दशमलव १३, निर्जीवन बीमा १ दशमलव ०२ र अन्य समूह सूचक ० दशमलव ७४ प्रतिशतले घटेको छ ।

आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here