नास आइटी अवार्ड्स २०२४ हुँदै, प्रविधिमा आइडिया भएका सबैले भाग लिन सक्ने

काठमाडौं। नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्दन तथा प्रोत्साहन गर्ने उद्देश्यसहित नास आईटी अवार्ड आयोजना हुन लागेको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रका सृजनालाई अन्तरराष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने उद्देश्सहित कार्यक्रम आोजना गर्न लागिएको नास आइटीका अध्यक्ष रिचन श्रेष्ठले बताए ।

‘अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने विश्वास छ’ उनले भने ।

अवार्ड ११ विधामा प्रदान गरिने छ। बैंकिङ,बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिड, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन्। अवार्डमा सहभागी हुनका लागि अन्य कम्पनीहरुले ५ हजार र विद्यार्थीले १ हजार शुल्क बुझाउनपर्ने छ।

नास आईटी अवाईस २०२४ मा आगामी भदौ ३ गतेसम्म https://awards.nasit.org.np/मा गएर अनलाइन आवेदन दिन सकिने छ ।

अवार्ड विजेताहरुलाई डिसेम्बर २०२४ मा ब्रुनाईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ । त्यस्तै एपिक्टाका लागि आवेदन शुल्क तथा खाना बस्नको सुविधा समेत उपलब्ध गराउने उपाध्यक्ष सन्तोस कोइरालाले बताए । ‘साथै अवार्डमा मनोनयनमा परेर पनि आर्थिक कारणले गर्दा एपिक्टामा जान नसकेको अवस्थामा आर्थिक सहयोगका लागि हामी तयार छौ’ उनले भने ।

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ।

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश , ब्रुनाई चीन, चिनियाँ ताइपेड़, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।

विशेषगरी आफ्नो आइडिया तथा संस्थालाई नै अन्तरराष्ट्रिय स्तरमा पुर्याउन चाहनेहरुका लागियो सहज माध्यम बन्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अवार्डमा विशेषगरी नेपाली कम्पनी तथा आइडियालाई नै प्राथमिकतामा राखिएको छ। जोइन्ट भेन्चरको सन्दर्भमा कम्तीमा ५१ प्रतिशत सेयर नेपाली हुनपर्ने आयोजकले जानकारी दिएको छ।

नास आईटी नेपालको अग्रणी गैर नाफामुलक संस्था हो। जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ।

नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पाचवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here