हिमालयन रिइन्स्योरेन्सले कमायो दोब्बर नाफा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नाफा दोब्बर बढेको बताएको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यस आजमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमायो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी ८२ प्रतिशतले बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रिमियमसहित कुल आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशत बढी हो । कम्पनीको कुल खर्च पनि ५५ प्रतिशतले बढेको छ । यस्तो खर्च गत आर्थिक वर्षमा ४ अर्ब ७९ करोड छ ।

नाफा बढेपछि यस कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २८ पैसा रहेकोमा अहिले १२ रुपयाँ ३४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ । दोस्रो बजारमा यस कम्पनीको मूल्य मंगलबार प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here