टेस्ला र बीवाइडीलाई पछी पार्दै आयो विश्वकै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्रीसहितको ‘जीकर’

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी जीकरले आफ्नो नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) ब्याट्रीले टेस्ला र बीवाईडीलगायत आफ्ना कुनै पनि प्रतिद्वन्द्वीभन्दा छिटो चार्ज गर्ने बताएको छ ।

कम्पनीका अनुसार अल्ट्रा फास्ट चार्जिङ स्टेसनको प्रयोग गरेर साढे १० मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ। यसको तुलनामा एलन मस्कको टेस्लाका अनुसार १५ मिनेटको चार्जले यसको मोडल ३ ले १७५ माइल अर्थात २८२ किलोमिटर० को दूरी तय गर्न सक्छ, जुन कारको पूर्ण दायराको आधा भन्दा केही कम हो ।

अर्को हप्तादेखि उपलब्ध हुने जीकरको २०२५ ००७ सेडान नयाँ ब्याट्री भएको पहिलो गाडी हुनेछ। चिसो मौसममा पनि ब्याट्रीले माइनस १० डिग्री सेल्सियसभन्दा कम तापक्रममा आधा घण्टाभन्दा कम समयमा आफ्नो क्षमताको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीले जनाएको छ ।
बीबीसीका अनुसार टेस्ला र बीवाईडीसँग सम्पर्क गरेर जीकरको घोषणाबारे जवाफ दिन माग गरिएको छ ।

कन्सल्टेन्सी फर्म सिनो अटो इनसाइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक टु लेले बीबीसीलाई भने, टेस्लाको चार्जिङ टेक्नोलोजी अब उद्योगमा पछी परिसक्यो उनले भने । जिलीसँग बेलायतको लक्जरी स्पोर्ट्स कार ब्रान्ड लोटस र स्वीडेनको भोल्भो सहित धेरै ब्रान्डहरू छन्।

सन् २०२१ पछि चिनियाँ कम्पनीले पहिलो पटक अमेरिकी बजारमा डेब्यु गरेको यो मे महिनामा जीकरको शेयर न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here