आजदेखि सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क बिस्तार गर्दैछ । देशका ३२ जिल्ला तथा सात वटै प्रदेशका मूख्यमुख्य शहरमा फोरजी सेवा बिस्तार गर्न लागिएको टेलिकमले जानकारी दिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले यसको औपचारिक प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उच्च गतिको इन्टरनेट प्रदान गर्ने यस सेवाको बिस्तारपछि अत्याधुनिक सेवा प्रवाह सहज हुने र इन्टरनेटका माध्यमाट हुने सबै कामहरु सहज हुने टेलिकमको विश्वास रहेको छ ।

मुलुकभर फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार टेलिकमले उल्लेख गरेको छ ।

फोरजी एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने टेलिकमको भनाई रहेको छ ।

नेपाल टेलिकमले फोर जी सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो टेलिकम कम्पनी हो । १३ पुस २०७३ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरु भएको थियो । यस अवसमा टेलिकमले ग्राहकका लागि आकर्षक प्याकेजसमेत उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here