तीन वर्षकै उच्च बिन्दुमा नेप्से,पौने ३० करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारले फेरी नयाँ रेकर्ड बनाएको छ । आज २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

त्यस्तै आज नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३००० दशमलव ८१ अंकमा कायम भएर बन्द भएको हो । जुन अंक तीन वर्ष ९१५ भदौ २०७८० कै उच्च हो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घटेको छ । त्यस्तै एउटाको स्थिर रहेको छ ।

बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५ दशमलव६५ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक १ दशमलव२८, होटल तथा पर्यटन ० दशमलव ३२, हाइड्रोपावर ० दशमलव७९, लगानी २ दशमलव ६९, निर्जीवन बीमा ० दशमलव ९४ तथा व्यापार समूह १ दशमलव ८१ प्रतिशतले बढेको हो ।

यता फाइनान्स ३ दशमलव०५, जीवन बीमा ० दशमलव ७३, उत्पादन १ दशमलव ७३ र अन्य समूहको सूचक २ दशमलव ३० प्रतिशतले घटेको हो ।

यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगाको ९ दशमलव ६, एनएमबी बैंकको ९ दशमलव ४, ग्लोबल आईएमई बैंकको ९ दशमलव २ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here