भक्तपुर घटनामा मृतक पहिचान खुल्यो, पोष्टमार्टमका लागि शव त्रिवि अस्पताल पठाइयो

काठमाडौं। भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुष्मा नेपाली रहेको खुलेको छ ।

आज दिउँसो १ ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार नेपालीको मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here