प्रतितोला ९ सय रुपैयाँले ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ४९ हजार ६ सयमा झरेको हो ।

यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीको भाउत तोलाको १७ सय ६० रुपैयाँ पुगेको हो ।

बिहीबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here