रहस्य नै रह्यो विश्वकै ठूलो १ सय किलो सुनको सिक्का

काठमाडौं । ‘द बिग म्यापल लीफ’ नामक शुद्ध सुनको सिक्का विश्कै सबैभन्दा ठूलो सिक्का थियो ।

९९.९९ प्रतिशत शुद्ध सुनबाट बनेको यो सिक्का सन् १९८२ मा रोयल क्यानेडियन मिन्ट नामक कम्पनीले बनाएको थियो जसमा क्विन एलिजाबेथ (द्वितिय) को फोटो खोपिएको थियो ।

यो सिक्का लगभग ५० करोड रुपैयाँ नेपाली मूल्य बराबरको थियो । ५३ सेन्टिमिटर व्यासको यो सिक्का जर्मनीको बोड म्यूजियममा राखिएको थियो ।

सन् २००७ मा बिग म्यापललाई विश्वकै सबैभन्दा ठूलो सिक्काको रुपमा गिनिज बूकमा नाम लेखिएको थियो ।

यो सिक्काको विषयमा विश्वभर नै चर्चा परिचर्चा भएको थियो । यसरी संसारभर चर्चाको विषय बनेको ठूलो सिक्का एक दिन अचानक चोरी भयो ।

अनुसन्धानको क्रममा पुलिसले उक्त सिक्का चोरी गर्ने चोरहरुलाई त पक्राउ गर्यो तर उक्त सिक्का भने प्राप्त हुन सकेन । अझै सम्म पनि सो सिक्काको बारेमा थप जानकारी पाइएको छैन ।

उक्त सिक्कालाई पगलेर अन्य केही बस्तु बनाईसकेको हुन सक्ने अनुमान गरिएको छ । यदि त्यसो हो भने बिग म्यापल लिफ अब फेरी कहिल्यै देख्न पाइने छैन । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here