बागमतीमा बेपत्ता भएका बंगलादेशी नागरिक खोज्न गोताखोर परिचालन

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशका नागरिक बेपत्ता भएका छन् । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here