सुनको भाउले फेरी बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आईतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो कारोबारको दिन शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

विश्व बजारमा सुनको भाउ लगातार बढ्दा त्यसको प्रभाव स्थनीय बजारमा आएको हो। विश्व बजारमा पहिलोपटक प्रति औंस २ हजार ५ सय डलरको स्तरमा पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज एकैदिन ५० रुपैयाँले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here