एक्सले ब्राजिलमा रहेको कार्यालय बन्द गर्यो, यस्तो छ कारण

काठमाडौं । एक्सले ब्राजिलमा कार्यालय बन्द गरेको छ। एलन मस्कको एक्सले सेन्सरसिप विवादका कारण आफ्नो कार्यालय बन्द गरेको हो ।

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरसिप आदेश पालना नगरे पक्राउ गर्ने धम्की दिएको सामाजिक सञ्जाल प्लेटफर्मले जनाएको छ । ब्राजिलको सर्वोच्च अदालतले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।

अर्बपति एलन मस्कको प्लेटफर्मले ब्राजिलका मानिसहरुले अझै पनि एक्स प्रयोग गर्न सक्ने बताएको छ। मोरासले पूर्वदक्षिणपन्थी राष्ट्रपति जायर बोल्सानारोका धेरै समर्थकलाई गलत सूचना फैलाएको आरोप लागेका एक्स एकाउन्टहरू अनुसन्धानका क्रममा ब्लक गर्न आदेश दिएका थिए।

एक्सका मालिक मस्कले मोरेसको आलोचना गरेपछि न्यायाधीशले एक्सले पुनः सक्रिय गरेको कुनै पनि खाताको लागि एक दिनमा १९,७७४ अमेरिकी डलर जरिवानाको आदेश दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here